केन्द्रीय समितिलाई पूर्णता दिँदै माओवादी केन्द्रीय समितिको बैठक सक्ने तयारी
नेपालखोज
२०७८ फागुन २३ गते ११:२७

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सकिने जनाइएको छ ।
गत शुक्रबारदेखि सुरु भएको बैठक आज (सोमबार) केन्द्रीय समितिलाई पूर्णता दिएर सक्ने तयारी छ । केन्द्रीय समितिको बैठक बस्नुअघि आज बिहान अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निवासमा नेताहरूबीच अनौपचारिक छलफल पनि भएको छ ।
विभिन्न ६ अजेण्डासहित माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबारदेखि बैठक सुरु भएको हो ।
सम्बन्धित

प्रतिक्रिया