रुसी आक्रमण पहिले र अहिलेको युक्रेनको अवस्था (फोटो फिचर)

मस्को । रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ । यहाँ प्रस्तुत आक्रमणअघि र आक्रमणपछिका तस्बिरहरूले गत हप्ता रुसले गरेको आक्रमणपछि आवासीय क्षेत्रहरूमा भएको विनाश देखाउँछ । युक्रेनको राजधानी किएभबाट केही दूरीमा रुसी सेना रहेको भए पनि राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन् ।

किएभको २० किलोमिटर उत्तर पश्चिममा सानो सहर इर्पिन पर्छ र केही सातायता रुस र युक्रेनका सेनाहरू बीचको अग्रपङ्क्तिमा रहेको छ । तोप र हवाई आक्रमणहरूले त्यस क्षेत्रमा गम्भीर क्षति पुर्याएको छ । एउटा आक्रमणले तल चित्रित आवासीय क्षेत्र लगभग पूर्ण रूपमा ध्वस्त बनाएको छ ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ ।युक्रेनी अधिकारीहरूका अनुसार सहरका आवासीय र अन्य क्षेत्रहरूमा बुधवार रातभरि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो । यसबारे संयुक्त राष्ट्रका अधिकारीहरूले सम्भावित युद्ध अपराधको अनुसन्धान गरिरहेका छन्।





प्रतिक्रिया