राजस्व विभागद्वारा बिइङ ह्युमनका साहु बख्रेलसहित चारजना विरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा बिइङ ह्युमनका सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चारजनाविरुद्ध आरोपत्र दायर गरेको छ । विभागले अन्तःशुल्क नियमावलि मिचेको आरोप लगाएको छ ।
विभागका अनुसार यही फागुन २२ गते आइतबार पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं २ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन वस्ने सन्तोषचन्द्र वख्रेल, काठमाण्डौंको कागेश्वरी मनहरा न.पा. वडा नंं ६ मुलपानी वस्ने शैलेस पन्त, पर्साको साविक सुवर्णपुर गा.वि.स. वडा नं. ५ हाल ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुर घर भइ हाल जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ५ हाडिगाउँ वस्ने रविन पाख्रिन र सर्लाहीको बरथहवा न.पा. वडा नं ९ घर भइ हाल काठमाण्डौ का.म.न.पा वडा नं. ७ सरस्वतीनगर वस्ने नारायण प्रसाद घिमिरे विरुद्ध राजस्व चुहावट सम्वन्धी मुद्धामा आरोपपत्र दायर गरिएको हो । विभागका अनुसार प्रतिवादीहरुले अन्तःशुल्क नियमावलि, २०५९ को नियम ३० को (१) वमोजिमको कार्य नगरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐनको दफा ४ को (क), (ख) र (छ) मा उल्लेखित कार्य गरेको, भन्सार ऐन, २०६४ को दफा ३ ले तोकेको बाटो बाहेक अन्यत्रबाट पैठारी गरी सोही ऐनको दफा छ वमोजिम भन्सार महसुल नतिरी, सोही ऐनको दफा ५७ को (१) वमोजिम चोरी पैठारी कसूर गरि भन्सार छलि गरि राजस्व चुहावट गरेको अभियोग रहेको छ ।
अभियोग अन्तगर्त विभागले प्रतिवादीहरु सन्तोषचन्द्र वख्रेल, सैलेश पन्त, रविन पाख्रिन र नारायण प्रसाद घिमिरेले अन्तःशुल्क नियमावलि, २०५९ को नियम ३० को (१) वमोजिमको कार्य नगरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐनको दफा ४ को (क), (ख) र (छ) तथा भन्सार ऐन, २०६४ को दफा ५७ को (१) वमोजिमको कसूर गरेको हुँदा यी प्रतिवादीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन, २०५२ को दफा २ (५१) वमोजिम अनुसूचिहरुमा गणना गरिएको विगो अनुसार चार करोड ८६ लाख ३७ हजार एक सय ८४ रुपैयाँ मात्र विगो कायम गरि उक्त विगो ऐनको दफा २३ (१), २३ (२), २३ (४) र २३ (५) वमोजिम असूल उपर एवं ऐनको दफा ३३ वमोजिम वरामद भएको अवैद्य मदिराहरु र ढुवानी साधन जफत हुन र विगोको शत प्रतिशत जरिवाना तथा हदैसम्मको कैद सजाय हुन माग दावी लिइ अभियोग पत्र दायर गरिएको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया