सोमबार, जेठ ६, २०८२

एनएमबी बैंकको विस्तारित काउन्टर मोरङको बेलबारी मालपोत कार्यालयमा

नेपालखोज २०७८ फागुन २३ गते १७:३४

काठमाडौं । एनएमबी बैंकले सेवाग्राहीहरूलाई सहज होस् भन्ने उद्देश्यले मोरङको बेलबारी मालपोत कार्यालयमा १०औं विस्तारित काउन्टर शुभारम्भ गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पीताम्बर घिमिरे, एनएमबी बैंकका प्रमूख कार्यकारी अधिकृत सुनील केसीको विशेष आतिथ्यता तथा एनएमबी बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउन्टरको विधिवत उद्घाटन भएको हो ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिका ३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबी बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय बेलबारी विस्तारित काउन्टरका प्रमुख भानुभक्त न्यौपाने, भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथिका रूपमा थिए ।

कार्यक्रममा सचिव थपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत केसी वडाध्यक्ष भण्डारीले शुभकामना स्वागत मन्तव्य राखेका थिए भने मालपोत कार्यालय बेलबारी विस्तारित काउन्टरका प्रमुख न्यौपानेले धन्यवाद मन्तव्य राखेका थिए । बैंकका प्रमूख कार्यकारी अधिकृत केसीले सरकार–निजी क्षेत्रको सहकार्यअन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकामा धन्यवाद व्यक्त गर्दै अब मालपोत कार्यलय बेलबारीमा नगदरहित सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राहीलाई अनुरोध गरेका छन् ।

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दी इयर नेपाल प्राप्त गरिसकेकको छ । बैंकले यसलगायत हाल देशभर १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएममार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया