नेपालद्वारा श्रीलंकाको नौसेना १११ रनले पराजित

काठमाडाैं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित निकालेको छ । नेपालले श्रीलंकाको नौंसेनाको क्रिकेट टिमलाई एक सय ११ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले ३७.१ ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले १३ रन बनाएर आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले २ रन बनाउँदा आरिफ शेख ३६ बनाएर पबिलियन फर्किए । नेपालका अर्का ब्याट्सम्यान रोहित पौडेलले १३ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिले ४३ रनको बनाए । विनोद भण्डारीले २२ रन बनाएर आउट हुँदा कमल सिंह ऐरिले १५ रन बनाए । कप्तान सन्दिप लामिछाने ११ रन बनाए भने करण केसी १६ रन बनाएर पविलियन फर्किए । विक्रम सोब ११ रनमा अभिजित रहँदा सागर ढकाल १३ रन बनाएर आउट भए ।
जवाफमा श्रीलंका नेभी टिम २८ ओभर पाँच बलमा एक सय तीन रनमा अलआउट भयो । उसका लागि मधुशंकाले सर्वाधिक ३९ रन बनाए पनि बाँकी खेलाडी सस्तैमा आउट भए । श्रीलंका नेभी टिमलाई सस्तैमा रोक्नका लागि सन्दिप लामिछानेले तीन तथा ज्ञानेन्द्र मल्ल, विक्रम शोबले दुई दुई विकेट लिए ।
नेपालले श्रीलंकामा हुँदा श्रीलंकन नेभीसँग दुई खेल खेल्नेछ भने एक खेल श्रीलंकन पुलिससँग खेल्नेछ । यस्तै अन्तिम खेल कम्बाइन ११ सँग खेल्नेछ। पहिलो खेल मार्च सातमा खेल्नेछ भने दोस्रो खेल मार्च आठमा, तेस्रो खेल मार्च १० र अन्तिम खेल मार्च ११ मा खेल्ने छ।
यूएइमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । जसमा पहिलो खेल सारजाह मैदानमा पीएनजीसँग खेल्नेछ। यो खेल १६ मार्चमा हुनेछ । नेपालले दोस्रो खेल यूएइविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल यूएइविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ। उसको कुल आठ अंक छ।
प्रतिक्रिया