एकै परिवारका पाँचजना गरे आत्महत्याको प्रयास, ‘सुसाइड’ नोट भेटियाे
नेपालखोज
२०७८ फागुन २४ गते ६:५०

काठमाडौं । काठमाडौंमा एकै परिवारका पाँचजनाले ‘सुसाइड’ नोट लखेर आत्महत्याको प्रयास गरेका छन् । उनीहरूमध्ये एकजनाको मृत्यु भएको छ भने, अन्य चारजनाको उपचार भइरहेको छ ।
काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका हुन् ।
घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको छ । जहाँ उनीहरुले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । आर्थिक संकटमा परेर उनीहरुले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
सम्बन्धित

प्रतिक्रिया