सप्तरीमा स्थगित कांग्रेस जिल्ला अधिवेशन सुरु
नेपालखोज
२०७८ फागुन २४ गते १४:४५

काठमाडौं । सप्तरीमा स्थगित भएको नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि जिल्ला अधिवेशन सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ ।
सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएको छ ।
यसअघि फागुन २१ गते रुपनी गाउँपालिका-५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो । निर्वाचन अधिकृत डा. रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कुल दुई हजार ५३५ मतदाता रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया