शुक्रबार, चैत १६, २०८०

टिभिको साइज अनुसार कति दूरीमा बसेर हेर्ने ?

नेपालखोज २०७९ चैत १५ गते १५:२४

काठमाडाैं । अहिले सबै जसोको घरमा टिभी जडान गरिएको हुन्छ । शौक र आफ्नो क्षमता अनुसार मानिसहरु ठुलो साइजको टिभी (टिभी साइज) किन्छन् । कोही ३२ इन्चमा रमाउँछन् , त्यसपछि धेरैले ५० इन्चक‍ो ठूलो टिभि किन्न चाहन्छन् ।

शौकको क्रममा यसमा मानिसहरुले के गल्ती गर्छन् भने कोठामा प्रयाप्त ठाउँ नभए पनि उनिहरु ठूलो साइजको टिभी जडान गर्छन् । यसबाट धेरै घाटा बेहोर्नु पर्छ । यस्तो अवस्थामा हामी तपाईलाई टिभीको साइज अनुसार हेर्ने सही दुरी कति हो भन्ने कुरा बताउन गइरहेका छौँ ।

जापानको टिभी निर्माता कम्पनी सोनी (सोनी कर्पोरेशन) को वेबसाइट अनुसार टिभी हेर्ने मानक परिभाषा छ। जस अनुसार टिभीको ठाडो साइज जतिसुकै होस् यसलाई हेर्ने दूरी करिब ६ गुणा हुनुपर्छ । किनभने , यसो गर्दा आँखालाई हानी हुँदैन । यदि तपाइँ ३२ इन्चको टिभी (३२ इन्च टिभी साइज) चलाउनुहुन्छ भने तपाइँ यसलाई कम्तिमा ६ फिट र बढीमा ७ फिटको दुरीबाट हेर्न सक्नुहुन्छ । यदि हामीले नजिकबाट टिभी हेर्‍यौं भने यसको पिक्सेल सानो बक्सका रूपमा देखा पर्नेछ र चित्र स्पष्ट रूपमा देखिनेछैन ।

यसबाहेक टिभीबाट निस्कने किरणले आँखालाई हानि पुर्याउन सक्छ । यदि ४३ इन्चको टिभी (४३ इन्चको टिभी साइज) चलाउँदै हुनुहुन्छ भने टिभि हेर्ने व्यक्तिको दुरी ६ देखि ८ फिट हुनुपर्छ । यो मापदण्ड एचडि तथा फुल एचडि स्क्रिनका लागि हो ।

यदि कसैलाई ठुलो टिभी हेर्न मन छ भने उसले ५० देखि ५५ इन्चको टिभी (५५ इन्च टिभी साइज) १० फिटभन्दा बढी नजिकबाट हेर्नु हुँदैन । यति ठूलो टिभि १२ फिटभन्दा टाढाबाट पनि हेरियो भने अझ रमाईलो हुनेछ ।

यदि तपाईं ६० (६० इन्च टिभी साइज) को ठूलो स्क्रिन स्थापना गर्न चाहनुहुन्छ भने पहिले आफ्नो कोठाको दूरी अनुमान गर्नु उपयुक्त हुन्छ । यति ठुलो टिभी नजिकबाट हेरे एकातिर स्पष्ट देख्न सकिदैन भने अर्कातिर यसले आँखामा क्षति पुर्याउँछ ।

प्रतिक्रिया