चौबीस घण्टामा थपिए १९४ संक्रमित, ३४८ जना डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जना गरि कुल १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ३४८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ । संक्रमण मुक्त हुनेदर ९८ दशमलव २ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९४८ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप २ लाख ३ हजार ६२५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया