शुक्रबार, वैशाख २६, २०८२

नेपालले थाइल्यान्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालखोज २०७८ फागुन २४ गते १७:१२

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आसन्न एएफसी एसियन कपको तेस्रो चरणको तयारीमा रहेको नेपाली टिमले सो प्रतियोगिताको तयारी स्वरुप माच २४ मा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

नेपालले थाइल्यान्डको स्थानीय क्लबसँग पनि मैत्रीपुर्ण खेल खेल्नेछ । सुनबरी एफसीसँगको सो खेल मार्च २७ मा हुनेछ । जुनमा एशियन कप खेल्ने तयारीमा रहेको नेपाली टिमले फिफा विन्डोमा दुई वटा मैत्रीपुर्ण खेल खेल्नेछ ।

फिफा बरियतामा एक सय १२ औं स्थानमा रहेको थाइल्याण्ड टिमले यो बर्ष पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि उसले जनवरी एक तारिखमा एफफ फाइनल खेलेपछि कुनैपनि खेल खेलेको छैन । थाइल्याण्डले पनि एसियन कपको तेस्रो चरणको छनोट खेल्दैछ । जसमा थाइल्याण्ड रहेको समुहमा श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तान छन ।

थाइल्याण्डले पनि सोहि प्रतियोगिताको तयारी स्वरुप नेपालसँग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले जुन रंगशालामा थाइल्यान्डसँग मैत्रीपुर्ण खेल खेल्न लागेको हो, मार्च २७ मा सोहि क्लवसँग मैत्रीपुर्ण खेल खेल्ने भएको हो ।

छोनबुरी क्लवले एएफसी च्याम्पियन्स लिग खेलिसकेको टिम हो । यस्तै उसले एएफसी कपमा पनि सहभागिता जनाइसकेको छ । उसले ६ पटक एएफसी च्याम्पियन्स लिग खेलिसकेको छ भने १८ पटक एएफसी कपमा सहभागिता जनाइसकेको छ । सन् १९९७ माच स्थानपना भएको सो क्लव हाल थाइल्याण्डको शिर्ष डिभिजन खेलिरहेको छ ।

नेपालले घरेलु मैदानमा मोरिसससँगको दुई वटा मैत्रीपूर्ण खेलपछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेल्नेछ । एसियन कप छनोटमा नेपाल समूह ए मा छ । नेपाल रहेको समुहमा जोर्डन, कुवेत, इन्डोनेसिया छन् । नेपालले पहिलो खेल जून ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया