एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो : मन्त्री झाँक्री

नेपालखोज २०७८ फागुन २४ गते १७:४९

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकार नेपालमा लागू नहुने बताएकी छिन् । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौंता स्वीकार गरेको स्मरण गर्दै ती देशहरुले कुरा नबुझेको हो त ? भनि एमसीसीका आलोचकलाई प्रश्न समेत गरिन् ।

उनले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदापनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाएकी हुन् । सरकारले स्वीकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोयाकी छिन् । मन्त्री झाँक्रीले भनिन्, ‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अव हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामी भन्दा अर्को आधा दुनिँया त हुन्छ भन्ने छ नि त ।’

मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याएको छिन् । उनले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिएकी छिन् ।

प्रतिक्रिया