आइतबार, वैशाख २८, २०८२

नेपालसँग श्रीलंकन नेभी ८१ रनले पराजित

नेपालखोज २०७८ फागुन २४ गते १७:२९

काठमाडाैं । श्रीलंकन नेभी(नौंसेना)विरुद्धको दोस्रो मैत्रीपूर्ण क्रिकेटमा पनि नेपाल विजयी भएको छ । पहिलो खेलमा १११ रनको जित दर्ता गरेको नेपालले मंगलबार ८१ रनको जित दर्ता गर्न सफल भयो ।

यूएइमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत यूएइ र पपुवा न्युगिनीविरुद्धको त्रिकोणात्मक सिरिज अगाडि नेपाली टिम अहिले श्रीलंकामा रहेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन टिम ३०.५ ओभरमा ११५ रनमा समेटिन पुग्यो । नेपाललाई जिताउनका लागि पवन शर्राफले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे । विक्रम शोब, सन्दीप लामिछाने र कुशल भुर्तेलले १–१ विकेट लिए । श्रीलंकन २ खेलाडी रनआउट भएका थिए ।

पहिले ब्याटिङ गरेको नेपाल ४३ ओभर चार बलमा एक सय ९६ रनमा अलआउट भएको थियो ।  सुरुवात राम्रो गर्न नसकेको नेपालले ३० रन हुँदा महत्वपुर्ण चार विकेट गुमाएको थियो । तर दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले नेपालको पारिलाई सम्हालेका थिए ।

नेपालका लागि केशल भुर्तेल तीन रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल मात्र एक रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेलपनि ८ रनमा आउट हुँदा विनोद भण्डारीले दुई रनमात्र बनाउन सके ।

तर पवन सराफले २२ तथा दिपेन्द्र ऐरीले ६३ रनको योगदान गरे भने बिबेक यादवले २६ तथा भिम शार्कीले २८ रनको योगदान गरे । यस्तै बिक्रम सोब एक रनमा आउट भए ।  यस्तै सन्दिप लामिछानेले १४ रन बनाउँदा सागर ढकालले ८ रनको योगदान गरे ।

प्रतिक्रिया