बिहीबार, जेठ ३, २०८१

‘जीवनमा दुई कुरा स्पष्ट हुनुपर्छ- लक्ष्य र त्यहाँसम्म पुग्ने बाटो’

एलपी भानु शर्मा २०७८ फागुन २५ गते ८:४९

-जीवनमा यी दुई कुरा स्पष्ट हुनुपर्छ- लक्ष्य र त्यहाँसम्म पुग्ने बाटो ।
जसको लक्ष्य सीधा ईश्वर साक्षात्कार हो र जसमा स्वतन्त्रताको बाटो हिँड्ने साहस छ, त्यस्तो व्यक्तिको जीवन निरन्तर दिव्यतातिर अघि बढ्नेछ ।

-सिकाइ त्यतिबेला रमाइलो बन्छ जब त्यसले तपाईंलाई आफ्नो मूल बाटोमा लगाउँछ र तपाईंसँग रहेको प्राकृतिक क्षमतालाई चिन्न सघाउँछ ।

-सात्विक व्यक्तिले भगवान्‌लाई सुख पुर्याउँछ र राजसी एवं तामसी व्यक्तिहरूले चाहिँ भगवान्‌लाई नै दु:ख पुर्याउँछन् ।

-गुणहरूको जीवनमा प्रभाव बुझ्ने र त्यसबाट माथि उठ्ने प्रयास गर्ने व्यक्ति नै परम् शान्तिको अधिकारी हुन्छ ।

-शास्त्र र शास्त्र प्रमाण बुझेर कर्म गर्ने व्यक्तिले सबै दु:खलाई पार गर्दछ ।

-लक्ष्य टाढा लाग्नु कहिलेकाहीँ स्वाभाविक होला । तर ..
पाप र दुष्कर्मबाट निरन्तर अलग रहँदै सत्यको खोजीमा लागे लक्ष्य टाढा छैन ।

-‪धर्मलाई आफूभित्र धड्किरहेको जीवन्त जीवनमा सीधै खोज्न नजानेपछि जिन्दगीभर गलत नक्सा बोकेर गलत ठेगानामा खोजिन्छ । भेटिने कुरै आएन !‬

-‪अरूलाई प्रभावित पार्न गरिने मिहिनेत र समय आफैंलाई प्रभावकारी बनाउन उपयोग गरे जीवन कस्तो हुन्थ्यो होला ?‬

-आसुरी व्यक्तिले गर्ने यज्ञ, तप र दानले पनि उसलाई पतनको बाटोमा लैजान्छन् ।

-‪आफूभित्रका गुनासा र अस्वीकृतिहरूले थिच्चिएर अँध्यारो भएको मनलाई क्षमा र स्वीकारको उज्यालोले मात्र मुक्त गर्न सक्छ ।

प्रतिक्रिया