मंगलबार, असार २४, २०८२

श्रीलंकाले विप्रेषणवापत् प्राप्त हुने डलरलार्ई प्रोत्साहनका लागि थप भत्ता दिने

नेपालखोज २०७८ फागुन २५ गते ६:४५

कोलोम्बो । श्रीलङ्का सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दैै आएको हालको प्रोत्साहन रकम बढाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।

मंगलबार कोलोम्बोमा मन्त्री परिषद्को बैठकपछि सञ्चारमाध्यमलाई गराइएको जानकारी अनुसार केन्द्रीय बैंकले विदेशी कामदारले विप्रेषणमार्फत् तिरेको प्रत्येक डलरको ३८ रुपैयाँ (०.१७ अमेरिकी डलर) भुक्तानी गर्ने घोषणा गरेको हो । यसअघि केन्द्रीय बैंकले विप्रेषणमार्फत् श्रीलङ्का पठाएको प्रति डलर १० रुपैयाँ (०.०४ डलर) तिरेको थियो ।

मन्त्रालयका प्रवक्ता अधिकारीले विदेशी भूमिमा रहेका श्रीलङ्काली नागरिकल वार्षिक करिब ७ देखि ८ अर्ब अमेरिकी डलर श्रीलङ्कामा पठाउने गरेको बताए । सरकारले सन् २०२१ मा अमेरिकी डलरको विनिमय दर २०० रुपैयाँ कायम गरेपछि विप्रेषण बापत् प्राप्त हुने यो रकम करिब २.५ अर्ब डलरले घटेको थियो ।

विदेशमा काम गर्ने श्रीलङ्कालीलाई औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन भत्ता बढाउने निर्णय लिइएको हो । फागुन २४ गते एक अमेरिकी डलरको आधिकारिक खरिददर २२५.२० रुपैयाँ रहेको केन्द्रीय बैंकले मङ्गलबार दिउँसो जनाएको छ । अमेरिकी डलरको बिक्री दर भने सोमबार घटेको मूल्य अनुसार २२९.९९ रुपैयाँमा कायम भएको छ ।

प्रतिक्रिया