शनिबार, जेठ ५, २०८१

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०७८ फागुन २५ गते ११:५६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला २ हजार ५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ हजार ५ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । आज चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया