पाकिस्तानका प्रधानमन्त्री इमरानविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको बीबीसी हिन्दीले जनाएको छ ।
विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । इमरान खान नेतृत्वको सरकारलाई पाकिस्तान मुस्लिम लीग कायद-ए-आजम (पीएमएल-क्यू) र मुत्ताहिदा कौमी मुभमेन्टको समर्थन रहेको छ । पार्टीका शीर्ष नेताले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आइरहेका छन् । खान सन् २०१८ अगष्टमा प्रधानमन्त्री भएका थिए ।
यस्तै पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत हुनुपर्ने र संसदमा तीन सय ४२ सदस्य हुनुपर्ने हुन्छ । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्री खानको पार्टी पीटीआईसँग संसदमा एक सय ५५ सीट रहेको छ । सरकार गठबन्धनको सहयोगी दलको समर्थनमा चलिरहेको छ ।
प्रतिक्रिया