मंगलबार, जेठ १५, २०८१

एमसीसी अनुमोदन गरेर पार्टी जोगियो : माधव नेपाल

नेपालखोज २०७८ फागुन २५ गते १२:२३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन मिलेर जाने बताएका छन् । बुधबारबाट सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा नेपालले जति ठाउँमा सकिन्छ गठबन्धन एक भएर अघि बढ्नु पर्ने बताए ।

उनले गठबन्धन एक भएर चुनाव लड्नुपर्नेमा जोड दिए । नेपालले जनताको विश्वास जित्न नेकपा एस सफल हुने दाबी गरे । उनले समयक्रममा नेकपा एस ठूलो हुने दाबी गरे । उनले राष्ट्रियसभामा समेत नेकपा एसबाट सांसद बनाउन सफल भएको चर्चा गरे । उनले एमसीसीलाई सफल पारेर आफ्नो पार्टी जोगाएको बताए ।

उनले आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको बताए । नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताए । नेपालले भने, ‘हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्यो । उनको कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था बनेन । हामीले कि त केपी ओलीको आदेश पालक बन्नुपर्थ्यो कि विद्रोह । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको हो ।’

प्रतिक्रिया