देशमा ठूलो परिवर्तन माओवादीले गर्दा मात्र आयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा हराएको बताए । नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले देशमा अहिलेसम्म भएको ठूलो परिवर्तनको वाहक नै माओवादी केन्द्र भएको बताए ।
पार्टीभित्रको गुटबन्दी र अन्तरविरोध अहिले हराएको समेत उनले स्पस्ट पारे । अध्यक्ष प्रचण्डले भने‚ ‘आजको परिवर्तनको वाहक भनेको नै माओवादी हो, अध्यक्ष प्रचण्डले अहिलेसम्म भएका उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको बताउँदै त्यसबारे सचेत हुन आग्रह समेत गरे ।’
संविधान र लोकतन्त्रविरुद्ध जान खोजेपछि सडक संघर्षबाट सफल भएको प्रचण्डले बताए । उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत बताए । सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको समेत उनले बताए ।
प्रचण्डले आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन् । उनले भने, ‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौं ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्दैगर्दा नेपालको राजनीतिक प्रणालीमा पनि केही मौलिकता प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया