शनिबार, जेठ ५, २०८१

कैलाश आश्रमलाई मुक्तिनाथको सहयोग

नेपालखोज २०७८ फागुन २५ गते १४:५४

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थाहरूलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले कपिलवस्तुस्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले कैलाश आश्रम धामद्धारा सञ्चालित मनकामना गुरुकुलमा भवन निर्माण सम्पन्न गर्न आर्थिक सहयोग गरेको हो । बैंकले कैलाश आश्रम धामलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमख राजेन्द्र घिमिरे, जितपुर शाखाका प्रबन्धक लेखेन्द्र जीसी र अन्य कर्मचारीको उपस्थिति थियो ।

सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरू विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरूलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै यो सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ

प्रतिक्रिया