शनिबार, जेठ ५, २०८१

३० अंकले घट्दै राताम्मे बन्यो नेप्से, दुई अर्ब ३५ करोडको कारोबार

नेपालखोज २०७८ फागुन २५ गते १५:४०

काठमाडौं । नेप्से सूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज बुधबार नेप्से ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४६ अंकले घटेर चार सय ८७ दशमलव सात अंकमा झरेको छ । दुई सय २९ कम्पनीको ३९ हजार सात सय ८८ पटकको कारोबारमा ४९ लाख ५९ हजार नौ सय १९ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ९६ अंकले घटेर १६ सय ४८ दशमलव ३२ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक एक सय एक दशमलव ८२ अंकले घटेर ४२ सय ३८ दशमलव ५५ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक पनि ५५ दशमलव ९६ अंंकले घटेर २९ सय ९४ दशमलव ५४ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक एक सय ९८ दशमलव ५३ अंकले घटेर ११ हजार एक सय ४९ दशमलव ६३ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक एक सय ३९ दशमलव नौ अंकले घटेर १२ हजार नौ सय १७ दशमलव ७१ अंकमा पुग्दा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज माउन्टेन इर्नर्जी नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १० प्रतिशतले बढेर ११ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७८ प्रतिशतले घटेर चार हजार एक सय ९३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । आज नेपाल टेलिकमको प्रतिकित्ता १६ सय ८० रुपैयाँ अन्तिम मूल्यमा १० करोड ५२ लाख २१ हजार पाँच सय ९९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया