उद्योगपति हीरालाल केडियाको निधन

काठमाडौं । वीरगन्जका चर्चित उद्योगी हीरालाल केडियाको निधन भएको छ । वीरगन्जका चर्चित उद्योगीका रूपमा हीरालाललाई चिनिन्छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्व रूपमा चिनिएका सक्रिय समाजसेवी हीरालाल ८६ वर्षका थिए । हीरालालकै संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताललगायत विभिन्न सामाजिक संघ–संस्थाहरूले सेवा दिँदै आइरहेको छ । उनी मारवाडी सेवा ट्रस्टका अध्यक्षसमेत थिए ।
देशकै प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालालको यही फागुन २४ गते ह्याम्स अस्पतालमा निधन भएकोे हो । केडियाको अन्तिम सस्कार सर्लाहीको वाग्मती नदीमा गरिएको छ । अन्तिम संस्कारमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत विशिष्ट उद्योगी व्यवसायी एवं जनताले उपस्थित भई श्रद्धाञ्जली दिएका थिए । हीरालालले नारायणी उपक्षेत्रीय अस्पतालको अध्यक्ष भई दुई कार्यकाल काम गरेका थिए ।
अत्यन्त मिलनसार, निष्ठावान् केडिया, केडिया अस्पताल वीरगन्जको पनि उनी अध्यक्ष थिए । उनका चार छोरा रमेश, सुरेश, राजेश, विमल र पत्नी पर्मेश्वरीदेवी छन् ।

प्रतिक्रिया