शनिबार, जेठ ५, २०८१

फ्युल एफिसिएन्ट कार !

नेपालखोज २०७८ फागुन २६ गते १०:१५

काठमाडौं । अन्तर्राष्ट्रिय रुपमै लगातार बढिरहेको पेट्रोल तथा डिजेलको मूल्यले सबैलाई समस्यामा पारेको छ । अहिले स्थिति कस्तोसम्म भएको छ भने इन्धनको बढ्दो मूल्यकै कारण मानिसहरु गाडी किन्न हच्किन थालेका छन् । यद्यपि तेलको मूल्यकै कारण आफूलाई अत्यावश्यक भइसकेको गाडी खरिदको योजना टार्नु पर्दैन ।

बजारमा यस्ता केही कार छन् जसको माइलेज निकै राम्रो छ । यी कारको खरिदमा इन्धन खर्च निकै हदसम्म नियन्त्रणमा रहन्छ । यी कारको माइलेज एआरएआई (ARAI) सर्टिफाइड छन् । दाबीका विपरीत सडकको अवस्था वा हँकाइअनुसार माइलेजमा केही कमी देखिन सक्ने भएपनि यी गाडी किनेर पछुताउनुचाहिँ पर्दैन ।

हेरौं पेट्रोल तथा डिजेलबाट चल्ने केही फ्युल एफिसियन्ट कार

-हुन्डाई ग्रान्ड आई टेन एनआईओएस (Hyundai Grand i10 Nios) डिजेल कारको माइलेज २५.४९ किलोमिटर प्रतिलिटर छ ।

-मारुती सुजुकी स्विफ्ट (Maruti Suzuki Swift) पेट्रोल कारको माइलेज २३.७६ किलोमिटर प्रतिलिटर छ ।

प्रिमियम ह्याचब्याक – हुन्डाई आई २० (Hyundai i20) म्यानुअल ट्रान्समिसनले डिजेल इन्जिनमा २५.२ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

–मारुती सुजुकी बलेनो (Maruti Suzuki Baleno) पेट्रोल इन्जिनले २३.८७ 23. किलोमिटर प्रतिलिटर माइलेज दिने बताइन्छ ।

मल्‍टीपर्पज भेइकल्‍स – डेटसन गो-प्‍लस (Datsun Go+) ले १९.०२ 19.02 किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

–हुन्डाई औरा (Hyundai Aura) अटोमेटिक ट्रान्समिसनले डिजेल इन्जिनमा २५.४ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरिएको छ ।

–हुन्डाई औरा (Hyundai Aura) अटोमेटिक ट्रान्समिसनमा पेट्रोल भर्जनको माइलेज २१ किलोमिटर प्रतिलिटर छ ।

–किआ सोनेट (Kia Sonet) म्यानुअल ट्रान्समिसनमा डिजेल इन्जिनले २४.१ किलोमिटर प्रतिलिटर माइलेज दिने बताइन्छ ।

-पेट्रोलबाट चल्ने एसयूभीमध्ये रेनोल्ड काइगर तथा निसान म्याग्नाइट पनि किफायती सवारीसाधन हुन् ।

प्रतिक्रिया