नेकपा (एस)को बैठक आज पनि, अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने
नेपालखोज
२०७८ फागुन २६ गते ९:२५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि सुरु भएको छलफल आज पनि जारी रहने जनाइएकाे छ ।
प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई ९ समूहमा विभाजन गरिएको थियो । आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने तालिका छ ।
सम्बन्धित

प्रतिक्रिया