संखुवासभामा बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १४ पुग्यो
नेपालखोज
२०७८ फागुन २६ गते ९:५७

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बस आज (बिहीबार) बिहान साढे सात बजे तिर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटना संखुवासभाको मादी नगरपालिका वडा नं. ६ मा पर्ने सातघुम्ती भन्ने स्थानमा भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गुड्दै गरेको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घनास्टनास्थलमा उद्धारकार्य जारी रहेको जनाइएको छ ।
दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार मृतकको नाम खुलेको छैन । पाँच जना सख्त घाइतेको उद्दार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब २१ यात्रु थिए । क्षतिको थप विवरण प्राप्त हुन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया