शनिबार, जेठ ५, २०८१

सुनचाँदीकै मूल्यमा गिरावट

नेपालखोज २०७८ फागुन २६ गते १०:५६

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ३५ सय रूपैयाँले घटेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३५ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया