भक्तपुर अस्पतालको आईसीयू सेवा बन्द

काठकमाडौं । भक्तपुर अस्पतालमा बच्चाको आइसियु बन्द भएको छ । स्थापना भएको ११९ वर्षपछि बन्द भएको हो । पहिलोपटक सञ्चालनमा आएको बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शैय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालमा वषौंदेखि प्रसुति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आइसियु मेसु सरुवा भएलगत्तै बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन् ।
अस्पतालले बच्चाको आइसियु सञ्चालन गर्न थप छ जना नर्स सहितको जनशक्तिसमेत व्यवस्थापन गरेकाले बन्द सेवा पुन सञ्चालन गर्नुपर्ने उनको भनाइ रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका पुर्वअध्यक्ष नवराज गेलालले नमुनाका रुपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आइसियु तत्काल सञ्चालनमा ल्याउनुपर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रेफर गर्ने कार्य रोक्नुपर्ने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर ढुङ्गेलले अस्पतालले विगतमा तयारी नै नगरी एनआइसियु सञ्चालन गरेकाले बन्द गर्नुपरेको बताए ।
प्रतिक्रिया