श्रीलंका पुलिसलाई ३३२ रनको लक्ष्य
नेपालखोज
२०७८ फागुन २६ गते १५:१७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ ।
कोलम्बोमा बिहीवार आज भएको खेलमा नेपालले पहिले ब्याटिङ गरेको ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनाएको हो। यस्तै नेपालका चार खेलाडीले अर्धशतक बनाए ।
आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ कुशल भुर्तेलले ५७, र करण केसीले नटआउट ५३ रन बनाए । विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई ,कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, रन बनाए ।
विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो । भने अन्तिम अभ्यास खेलमा शुक्रवार भोलि नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया