मंगलबार, असार २४, २०८२

कोरोना समाप्त भयो भन्नु ठूलो भूल : गुटरेस

नेपालखोज २०७८ फागुन २६ गते १६:३१

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले चेतावनी दिएका छन् कि कोरोना महामारीको संकट टर्यो भनेर सोच्नु ठूलो गल्ती हुनेछ । उनले चिन्ता पनि प्रकट गरेका छन्- संसारको आधा जनसंख्या अर्थात् करिब तीन अर्ब मानिसले अहिलेसम्म कोरोनाविरुद्धको खोपको पहिलो डोज पनि पाएका छैनन् ।

कोरोना महामारी सुरु भएको दुई वर्ष बितिसकेको छ र यसले अहिलेसम्म संसारका ६० लाखभन्दा बढी मानिसको जीवन खोसिसकेको छ ।

यही सन्दर्भमा गुटरेसले एक सन्देश दिँदै भनेका छन्, ‘कोभिडका कारण दुई वर्ष पहिले संसारभरका मानिसको जीवन पूरै परिवर्तन भयो । संसारको कुना-कुनामा पुगेको यो भाइरसका कारण संसारको अर्थव्यवस्था ठप्प भयो । यातायातका साधन र सप्लाई चेन बन्द भयो, स्कुल-कलेज बन्द भयो, मानिसहरु आफ्ना प्रियजन बाट टाढिए अनि लाखौं मानिस गरिबीको विभीषिकामा फस्न पुगे ।’

प्रतिक्रिया