राष्ट्रिय वाणिज्य बैंकका चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

नेपालखोज २०७८ फागुन २६ गते १७:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंकका चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसमेत गरि चार जना तथा तीन वटा निर्माण कम्पनी उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम आईतबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो ।

प्रतिक्रिया