आइतबार, वैशाख २३, २०८१

भिमसेनखोलामा सेञ्चुरी बैंकको नयाँ शाखा विस्तार

नेपालखोज २०७८ फागुन २६ गते २०:२६

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज काठमाडौंको भिमसेनखोलामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९ औं शाखाकोे सद्घाटन गरी सेवा शुभारम्भ गरेकी हुन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दे आएको छ । बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया