सोमबार, वैशाख १७, २०८१

सूर्यको राशि परिवर्तनले फाइदामा रहनेहरु !

नेपालखोज २०७८ फागुन २७ गते ७:२९

ज्योतिष शास्त्रमा सूर्यलाई सबै ग्रहको स्वामी मानिन्छ । सूर्य तुला राशिमा हुँदा नीच स्थिति र मेष राशिमा हुँदा उच्च स्थिति भएको मानिन्छ । सूर्य सबै ग्रहका राजा हुन् त्यसैले सूर्यको अवस्थितिले राशि चक्रमा भएका अन्य सबै ग्रहको शक्ति प्रभावित वा कमजोर हुन्छ । सूर्य यही फागुन ३० गते सोमबार (१४ मार्च) देखि मीन राशिमा प्रवेश गर्दै छन् । यो राशि परिवर्तनपछि सूर्य २०७९ वैशाख १ गते (१४ अप्रिल) सम्म मीन राशिमा रहनेछन् । त्यसपछि सूर्य मेष राशिमा प्रवेश गर्नेछन् । हिन्दु पञ्चांगअनुसार सूर्य मीन राशिमा प्रवेश गरेपछि मलमास सुरु हुन्छ र यसको प्रभाव सबै राशिमा पर्छ ।

मेष राशि
मेष राशिका लागि सूर्य पञ्चम भावको स्वामी हुन । यसक्रममा सूर्य बारौं भावमा प्रवेश गर्नेछन् । यो समय मेष राशिका छात्र-छात्राहरुका लागि शुभ हुनसक्छ भने उनिहरुले परीक्षामा सफलता प्राप्त गर्नेछन् । नोकरी गरिरहेकाहरुको तलब बृद्धि होला । प्रतिस्पर्धिहरुमाथि विजय प्राप्त गर्न सकिनेछ । रोजगारि बदल्न चाहनेहरुका लागि समय अनुकूल छ । सूर्य मीन राशिमा भएकाले ठूलो लगानीबाट जोगिनुहोला अन्यथा हानि बेहोर्नुपर्ने हुनसक्छ ।

वृष राशि
वृष राशिका लागि सूर्य चतुर्थ भावको स्वामी हुन् र यो राशि परिवर्तनमा सूर्य वृषभ राशिको एकादश भावमा प्रवेश गर्नेछन् । यस्तो स्थिति आर्थिक दृष्टिले फायदाजनक रहने देखिन्छ । अचानक धन लाभ हुनसक्छ । प्रोपर्टीमा लगानी गर्दा विशेष फाइदा लिन सकिन्छ । विद्यार्थीहरुका लागि पनि समय शुभ रहनेछ । परिवारमा सुख र शान्ति छाउनेछ ।

मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि सूर्य तेस्रो भावको स्वामी हुन् । यसपटक सूर्य मिथुन राशिको करियर स्थान अर्थात् दशम् भावमा प्रवेश गर्दै छन् । कठोर मिहिनेत गरे सफलता टाढा छैन । कार्यक्षेत्रमा आफ्नो स्थिति मजबुत हुनेछ । संगठनात्मक कौशल बढ्नेछ । सरकारी जागिर खोजिरहेकाहरुले सफलता हात पार्न सक्छन् ।

कर्कट राशि
कर्कट राशिको द्वितीय भावका स्वामी सूर्य कर्कट राशिक‍ नवम भावमा प्रवेश गर्दै छन् । सूर्यको यो स्थिति शुभ भएकाले धन लाभ हुनेछ । प्रतिस्पर्धी बढनुका साथै सफलता पनि हात लाग्नेछ । भाग्यले आफ्नो महत्त्वाकांक्षा पूरा गर्न साथ दिनेछ । लामो अवधिको योजनामा लगानी गरे फाइदामा रहिनेछ ।

मकर राशि
आर्थिक स्थिति मजबुत हुनेछ । नयाँ घर-गाडी खरिद हुन सक्छ । जिम्मेवारी बढ्नेछ भने त्यसबाट लाभदायक परिणाम प्राप्त हुनेछ । अनुभवीहरुको मार्गदर्शन पाइनेछ । धर्म-कर्म तथा आध्यात्मिक कुरामा रुचि बढनेछ । भाइ-बहिनीहरुका साथ मधुर सम्बन्ध रहला । अविवाहितहरुले रुचाएको जीवनसाथि फेला पार्न सक्छन् ।

धनु राशि
नयाँ कुरामा रुचि बढ्नेछ । घरेलु सुख-सुविधाका साधनहरु जोडिनेछन् । आर्थिक स्थिति मजबुत हुनेछ । ऊर्जावान् रहन सकिनेछ । काम समयमै सम्पन्न होला । व्यापारीहरुलाई राम्रो फाइदा हुनसक्छ । प्रोपर्टीसम्बन्धी काम गर्नेहरूका लागि पनि समय अनुकूल रहनेछ ।

प्रतिक्रिया