देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना

नेपालखोज २०७८ फागुन २७ गते ६:१४

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ को उच्च हिमालीको भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया