आइतबार, वैशाख २३, २०८१

सुनचाँदीकाे मूल्य बढ्याे

नेपालखोज २०७८ फागुन २७ गते ११:२८

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले बढेको छ । आज तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले बढेकाे छ । आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया