प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक
नेपालखोज
२०७८ फागुन २७ गते १५:०८

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले आज सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने समेत जनाइएको छ ।

सम्बन्धित

प्रतिक्रिया