नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ९ लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरका अस्पतालहरुबाट थप १८९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै कोरोना निको भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६८६ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र २ हजार ३७४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १५ जना गरि कुल ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५० पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख २६ हजार १९६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया