आइतबार, वैशाख २३, २०८१

खल्तीको क्यूआर अफर- फोनपेमा भुक्तानी गरे स्कुटर, स्मार्टफोन र नगद जित्न सकिने

नेपालखोज २०७८ फागुन २७ गते १६:१२

काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा पाँच हजार रुपैयाँ जित्ने ‘स्क्यान मा अफर’ ल्याएको छ । यस अफरमा फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन् ।

यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एनटर्क स्कुटर खल्तीबाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने छन् । त्यसै गरी हरेक साता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर फागुन २६, २०७८ देखि वैशाख १०, २०७९ सम्म मान्य छ ।

यस अफरबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामीले हाम्रा हाल रहेका र भविष्यमा आउने खल्ती प्रयोगकर्ताहरूलाई आकर्षक उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्युआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले आगाडी बढ्दै छौँ ।’ ‘खल्ती’ मा हालै सुरु गरिएको फोनपे क्युआर को सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ ।

यसका साथै, अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ । ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साइटमा भुक्तानी गरी ६०००० प्लस सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया