बिहीबार, वैशाख १३, २०८१

ज्योति विकास बैंकद्वारा घान्द्रुक फोहोर व्यवस्थापनलाई ६६ वटा डस्टबिन प्रदान

नेपालखोज २०७९ चैत ९ गते १३:३४

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रर्वधन कोषमार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण गाउँपालिका वडा नं १०÷११, घान्द्रुकलाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ । देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यका साथ बैंकले उक्त सहयोग गरेको हो ।

एक कार्यक्रमकाबिच ज्योति विकास बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई उक्त डस्टबिनहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, लगायत बैंकका अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकले घान्द्रुक घुम्न जाने पर्यटकहरुलाई सवारी साधनको भाडा भुक्तानीमा सहजता प्रदान गर्न र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले जीप संचालक समितिको संयोजकत्वमा जीपहरुलाई क्यु आर कोड वितरण गरेको छ ।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया