आइतबार, वैशाख २३, २०८१

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपाल पे क्युआर बीच सहकार्य

नेपालखोज २०७८ फागुन २७ गते १७:००

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इ-बैंकिङ’ मा सफलतापूर्वक नेपाल पे क्यु आर समायोजन गरेको छ । सजिलो इ बैंकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्यु आरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने छन् ।

बैंकले नेपाल पे क्यु आर को क्यु आर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।

बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टी.एम.संचालनमा रहेका छन् ।

प्रतिक्रिया