आइतबार, वैशाख २३, २०८१

पलका म्यानेजर जोशी पनि पक्राउ

नेपालखोज २०७८ फागुन २७ गते १७:४७

काठमाडाैं । नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागी जोशीलाई प्रहरीले पक्राउ गरको हो ।

करबि २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको बताइएको छ । जबर्जस्ती करणी आरोपमा पक्राउ परेका पल प्रकरणमा प्रहरीले उनका म्यानेजर जोशीलाई पनि नियन्त्रणमा लिएको हो । एक नाबालिग गायिकाले शाहविरुद्ध तनहुँ प्रहरी र नवल परासी प्रहरीमा उजुरी दिएकी छिन्।

जोशीविरुद्ध मतियारका रुपमा अनुसन्धान हुन सक्ने स्रोत बताउँछ । जिल्ला अदालतले जोशीमाथी पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । नबालिगलाई जबरजस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन् । अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ ।

पल प्रहरीको हिरासतमा रहुन्जेल जोशीलाई पनि हिरासतमा लिई अनुसन्धन गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया