नेपाल श्रीलंका संयुक्तसँग ९२ रनले पराजित

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टीमले अन्तिम अभ्यास खेलमा हार ब्यहोरेको छ । लगातार तीन खेलमा जित निकालेको नेपाली टोलीले श्रीलंका संयुक्त ११ सँग ९२ रनले पराजित भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका संयुक्तले ४८ ओभर दुई बलमा दुई सय ३२ रनमा अलआउट भयो । राम्रो सुरुवात गरेको श्रीलंका संयुक्तले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो । तर उसका ओपनर मुनाविरा १४ रनमा आउट भएपछि पहिलो विकेट गुमायो । त्यसपछि अर्को ओपनर विराकोडी अर्धशतक बनाउनबाट चुकेपछि श्रीलंका संयुक्त ११ ले ७० रनमा दोस्रो विकेट गुमायो । उनले ४८ बलमा ४९ रनको पारी खेलेका थिए । त्यसपछि उपल थरंगा तीन तथा कुशल परेरा आठ रनमा आउट भएभने चामारा शिल्भा मात्र ६ रनमा पेभेलियन फर्किए । जसका कराण उसले ९६ रनमा पाँच विकेट गुमायो ।
उसका मध्यक्रमका खेलाडीलेस नेपाली बलर सामु खुलेर खेल्न सकेनन् । श्रीलंका संयुक्त ११ को स्कोर एक सय चार रन हुँदा छैटौं विकेट गयो । उसका निस्मान्था १८ रनमा आउट भए भने प्रशन्ना १२ रनमा पेभेलियन फर्किए । यस्तै फर्नान्डोले ५६ रन बनाए भने कुमारास्वामेले ३० रनको योगदान गरे ।
बलिङमा नेपालका लागि दिपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन तीन विकेट लिए भने आरिफ शेख र सोमपाल कामी र सन्दिप लामिछानेले एक एक विकेट लिए । जवाफमा नेपाली टिम ३५ ओभर दुई बलमा एक सय ४० रनमा अलआउट भयो । सुरुवातदेखि नै राम्रो ब्याटिङ नगरेको नेपाली टिमका आशिफ शेख मात्र पाँच रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरी दुई रनमा पेभेलियन फर्किए । त्यसपछि कुशल भुर्तेलपनि ३२ रनमा पेभेलियन फर्किएपनि नेपाल दबाबमा आएको थियो ।
तर नेपाली ब्याट्सम्याचबिच दरिलो साझेदारी भने हुन सकेन । आरिफ शेख १३ रनमा आउट भए भने विनोद भण्डारी मात्र एक रनमा पेभेलियन फर्किए । यस्तै ज्ञानेन्द्र मल्ल ४६ रनमा आउट हुँदा रोहित पौडेलले २१ रन बनाए । बिक्रम सोबले खाता खोल्न नसक्दा सोमपाल कामी आठ रनमा आउट भए ।
१८ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका रुपमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ले अर्धशतकीय साझेदारी गरेका थिए । तर कुशल आउट भएपनि नेपालले ७५ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि नेपालको विकेट एकपछि अर्को गरेर झर्यो । जसका कराण उसले स्कोरबोर्ड थप ६५ रन जोड्दा अलआउट भयो ।
अब नेपाली क्रिकेट टिम सोमबार श्रीलंकाबाट यूएइ प्रस्थान गर्नेछ । जहाँ नेपाली टिमले यूएइ, पपुवा न्युगिनीसँग आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ । सो सिरिजको पहिलो खेलमा नेपालले मार्च १६ तारिखमा पीएनजीसँग खेल्नेछ ।





प्रतिक्रिया