शुक्रबार, जेठ ११, २०८१

नेपाल ‘पे क्यूआर’को औपचारिक सुरुवात

नेपालखोज २०७८ फागुन २७ गते १९:०८

काठमाडौं । नेपाल क्लियरिङ हाउसले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआरको औपचारिकरुपमा सञ्चालनमा आएको छ । नेपाल क्लियरिङ हाउसले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आवद्धता कायम गर्ने गरी नेपालपे क्युआरले बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा सञ्चालनमा ल्याएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले विभिन्न बैंक तथा वित्तीय संस्थाको क्युआर सञ्चालनमा आएपनि अब नेपालपे क्युआरबाट मोवाइलको क्युआरबाट साधारण नागरिकले पनि कारोबार गर्न सक्ने बताए ।

आजदेखि पेमेन्ट गेटवेमा नेपालपे क्यूआर पनि थप भएको छ । नेपालपे क्युआर कोडमा स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएसलगायतबाट सजिलै राजस्व भुक्तानीसमेत सकिने भएको छ । अहिलेसम्म हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आईपीएसलगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने कम्पनीले बताएको छ ।

नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक र समृद्धि फाइनान्स मार्फत क्यूआर अक्वायरको कार्य पनि सुरु भइसकेको छ । एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलपे, नेपालपे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया