शिक्षा लगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नुपर्यो : प्रकाशमान सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षा लगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन् । काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा आज सम्बोधन गर्दै उनले राजनितिक पार्टीहरुले सबै विकासका गतिविधिलाई प्रजातान्त्रिक ढंगले अगाडि बढाउनुपर्ने बताए ।
सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषणबाजी मात्र नभइ शिक्षा जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनुपर्ने बताए । यसका लागि सम्पूर्ण पार्टीहरुले एक भएर सोच्नुपर्ने दिन अएको उनले बताए । अबको दिन भनेको आइटी र फाइनान्सको रहेको बताउँदै उनले शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने बताए ।
फरक प्रसंगमा संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाइ पुन: दुई तिहाइ मत दिएर नेतृत्व सुम्पिदा देशमा संघीयता संस्थागत हुन नसकेको उनले आरोप लगाए । संविधान जारी भए पछि बनेको दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुख झेल्न बाध्य भएको उनले बताए ।
उनले नेपाली जनतामा विकासका कार्यलाई हेर्ने भन्दा पनि उखान टुक्का रमाईलो लागेको भरमा ताली पड्काउने गलत प्रवृत्ति रहेको उनले बताए । अझै पनि प्राप्त उपलब्धि हरुलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्ति हरु मिल्नु को बिकल्प नरहेको समेत उनले बताए ।
प्रतिक्रिया