मंगलबार, असार २४, २०८२

दिल्लीमा आगलागी हुँदा सात जनाको मृत्यु

नेपालखोज २०७८ फागुन २८ गते १५:३३
साँकेतिक तस्बिर

दिल्ली । नयाँ दिल्लीमा आज बिहान भएको आगलागीमा परेर कम्तीमा सात जनाको मृत्यु भएको छ । प्राप्त समाचारअनुसार आज भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा अकस्मात आगो लागेको थियो ।

सो आगोले कम्तीमा सात जनाको मृत्यु भएको र अरु केही घाइते भएका अधिकारीहरुले जनाएका छन् । एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले क्षति पुर्याएको छ ।

आगो के कति कारणले लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ भने क्षतिको विवरण पनि संकलन भइरहेको छ । साथै आगोबाट बचेका केही सरसामानहरु हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया