ग्रान्डी अस्पतालद्वारा १०३ जना बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

नेपालखोज २०७८ फागुन २८ गते १७:१४

काठमाडौं । ग्राण्डी अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले सरकारले नीजि अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वास्थ्य उपचार सहज र सरल हुने बताएका छन् ।

मिर्गाैला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गर्दै अध्यक्ष कुँवरले सरकारले नीजि अस्पताललाई पनि सरकारी अस्पताल जसरी अनुदान सहयोग गरे स्वस्थ्य उपचार सहज हुने बताए । अध्यक्ष कुँवरले नेपालमा मिर्गाैला प्रत्यारोपण चुनौतीपूर्ण भएपनि ग्राण्डीले १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए ।

काभिडको माहामारीको समयमा पनि ग्रान्डी अस्पतालले मिर्गौला प्रत्यारोपण गर्ने कामलाई नरोकेको बताए । अध्यक्ष कुँवरले ग्राण्डी अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकताका साथ अगाडि बढाउने ग्राण्डीको लक्ष्य रहेको बताए ।

अध्यक्ष कुँवरले कोरोना कालमा पनि ग्राण्डि अस्पतालले १०३ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । अस्पतालले मिर्गौला सफल प्रत्यारोपण गराउन भूमिका खेल्ने मेडिकल टिमका सबैहरुलाई सम्मान गरिएको थियो । ग्राण्डि अस्पताल मिर्गौला प्रत्यारोपण शल्यक्रियाको नेतृत्व प्रा.डा.प्रेमराज ज्ञवालीले र नेफ्रोलोजी टिमको नेतृत्व प्रा.डा. दिव्यासिंह शाहले गर्छिन् ।

प्रतिक्रिया