शनिबार, जेठ ५, २०८१

अल्लु अर्जुनका ५ सुपर हिट फिल्म !

नेपालखोज २०७८ फागुन २९ गते १५:१३

काठमाडौं । फिल्‍म ‘पुष्‍पा : द राइज’ ले बक्स अफिसमा रेकर्ड तोड कमाइ गरेपछि अहिले सबैमा अल्‍लु अर्जुनको भूत चढेको छ । फिल्‍म ‘पुष्‍पा : द राइज’ मा अल्‍लु अर्जुनक‍ो दमदार परफर्मेन्स धेरैलाई मन पर्यो । स्पष्ट शब्दमा भन्ने हो भने ‘पुष्‍पा’ एउटा जबरदस्त मसाला इन्टरटेनर फिल्‍म हो । हामी यहाँ तिनै अल्‍लु अर्जुनका अन्य दक्षिण भारतीय चलचित्रको चर्चा गर्दै छौं । उनका यी पाँच बेस्‍ट फिल्‍मको हिन्दीमा डब गरिएको भर्सन अनलाइनमा नि:शुल्क उपलब्ध छ ।

Dangerous Khiladi
एक्सन तथ कमेडीले भरपूर यो फिल्म २०१२ मा रिलिज भएको थियो । एक्सन फिल्म रुचाउँनेहरुलाई अल्लु अर्जुनको Dangerous Khiladi अवश्य मन पर्छ । यो चलचित्र MX Player तथा YouTube च्यानल Goldmines मा नि:शुल्क उपलब्ध छ । यसमा अल्लु अर्जुनका अतिरिक्त सोनु सुद तथा इलिना डि क्रुजले पनि अहम् भूमिका निर्वाह गरेका छन ।

Lucky The Racer
यो फिल्म आरामले बोर नभइ बारम्बार हेर्न सकिन्छ । २०१४ को तेलगु फिल्म रेस गुर्रमको हिन्दी भर्सन ‘लकी: द रेसर’ को नाममा बजारमा आएको छ । यो फिल्ममा अल्लुका साथ श्रुति हासनले जोडी बनाएकी छन् भने भोजपुरी सुपरस्टार रवि किशनले खलनायकको भूमिका निर्वाह गरेका छन् । यो फिल्मको कथा दुई दाजुभाइमा केन्द्रित छ जो एक-अर्कासँग पूरै अलग छन् यद्यपि उनीहरु एक-अर्कालाई निकै माया गर्छन् । यो फिल्म ओटिटिमा सोनी लिभ तथा युट्यूब च्यानल Goldmines मा नि:शुल्क हेर्न पाइन्छ ।

S/O Satyamurthy
S/O Satyamurthy (बन्नी द परफेक्ट जेन्टलम्यान) मा अल्लु अर्जुनका साथ समान्था लिड रोलमा देखापर्छिन् । यो फिल्मको कथा यस्ता युवकको वरिपरि घुम्छ जसले आफ्ना पिताले सिकाएको मूल्य-मान्यताअनुसार जीवन जिउने कसम खाएको हुन्छ । तर पिताको निधनपछि उनको पूरा जिन्दगी बदलिन्छ । २०१५ को Son Of Satyamurthy (हिन्दी डब) YouTube मा नि:शुल्क हेर्न पाइन्छ । यसको ओरिजिनल तेलगु भर्सन डिज्नी प्लस हटस्टारमा उपलब्ध छ ।

Duvvada Jagannadham (DJ)
Dj (Duvvada Jagannatham) को ओरिजिनल तेलगु भर्सन जी फाइभ तथा डिज्नी प्लस हटस्टारमा हेर्न पाइन्छ । यसको हिन्दी डब युट्युब च्यानल Goldmines मा उपलब्ध छ । यो फिल्ममा अल्लु अर्जुनको जोडदार एक्शन तथा कमेडी हेर्न पाइन्छ । यसमा अल्लुले एक ब्राह्मण कुकको रोल प्ले गरेका छन् । २०१७ को यो फिल्म टेलिभिजनमा कैंयन् पटक प्रशारण भइसकेको छ ।

Rudramadevi
२०१५ मा प्रदर्शनमा आएको अल्लू अर्जुनको फिल्म रुद्रमादेवी एउटा मल्टी स्टारर फिल्म हो । यसमा अल्लुका अतिरिक्त अनुष्का शेट्टी , राणा दग्गुबती, विक्रमजित विर्क आदि कलाकारले पनि काम गरेका छन् । य‍ो फिल्म कता-कता बाहुबली जस्तै लाग्छ । यो चलचित्र पनि युट्युबमा नि:शुल्क उपलब्ध हुन्छ ।

प्रतिक्रिया