प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षा, पूर्वी हिमाली क्षेत्रमा हिमपातको सम्भावना
नेपालखोज
२०७८ फागुन २९ गते ६:०१

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
देशको पूर्वी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, आज राति देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया