बिहीबार, जेठ २, २०८२

इराकस्थित अमेरिकी वाणिज्य दूतावासमा मिसाइल प्रहार

नेपालखोज २०७८ फागुन २९ गते १०:३७

काठमाडौं । इराकको उत्तर स्वायत्त कुर्द क्षेत्रको इरबिल सहरमा रहेको अमेरिकी वाणिज्य दूतावासमा धेरै मिसाइलहरू प्रहार गरिएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरुले भनेका छन्, कि देशको उत्तर स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरमा रहेको अमेरिकी वाणिज्य दूतावासमा धेरै मिसाइलहरू प्रहार गरिए छ । यीमध्ये धेरै मिसाइलहरू भवनमा खसेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भयानक विस्फोटको आवाज सुनिएको थियो । यद्यपी यी क्षेप्यास्त्रको निशाना के थियो भन्ने अहिलेसम्म पुष्टि भएको छैन । समाचार एजेन्सी रोयटर्सले कुर्दिस्तानको काउन्टर टेररिज्मका महानिर्देशकलाई उद्धृत गर्दै इरबिललाई लक्षित गरी इराक बाहिरबाट १२ ब्यालेस्टिक मिसाइल प्रहार गरिएको बताएको छ ।

रोयटर्सका अनुसार यसअघि कुर्दिश अधिकारीहरूले एर्बिलमा धेरै रकेट खसेको बताएका थिए । यसैबीच, समाचार एजेन्सी एएफपीका अनुसार काउन्टर टेररिज्मले यी मिसाइलहरू पूर्वबाट आएको बताएको छ । एएफपीले यसबाट केही क्षति भएको तर कुनै पनि जनधनको क्षति नभएको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसलाई ‘क्रूर आक्रमण’ भनेका छन् । एएफपीका अनुसार विगतमा इराकमा अमेरिकी नेतृत्वको गठबन्धन सेनामाथि रकेट र ड्रोन आक्रमण भएका छन् । अमेरिकाले यी मिसाइलहरू इराकको छिमेकी इरानबाट प्रहार गरेको आरोप लगाएको छ ।

आक्रमणमा हालसम्म कुनै हताहतीको खबर आएको छैन । यसअघि सिरियाको राजधानी दमास्कस नजिकै इजरायली हमलामा इरानको रिभोलुसनरी गार्डका दुई सदस्यको मृत्यु भएको थियो । त्यसबेला इरानले आक्रमणको कडा निन्दा गर्दै बदला लिने बताएको थियो । रोयटर्सका अनुसार पछिल्लो पटक सन् २०२० को जनवरीमा अमेरिकी सुरक्षा बलहरूमा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको थियो। अमेरिकी आक्रमणमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि यो हमला गरिएको हो । बीबीसी

प्रतिक्रिया