साफ यू-१८ महिला च्याम्पियनसिपमका लागि नेपाली टोली भारत प्रस्थान

काठमाडौं । भारतमा आयोजना हुने साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोलीले आज भारत प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत्र १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।
डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घघाटन खेल चैत्र १ गते नेपाल र भारतबीच हुनेछ । त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत्र ४ गते खेल्नेछ । नेपालले चैत्र ७ गते फेरि भारतसँग तथा चैत्र ९ गते बङ्गलादेशसँग खेल्ने तय भएको छ । शीर्ष स्थान हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।
नेपाली टोलीमा प्रिती राई (कप्तान), सावित्री किशन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या इस्माली मगर, दिपा शाही र हिमा रावत रहेका छन् । त्यसैगरी टोलीका अन्य खेलाडीमा सरस्वती हमाल, सुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिष्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइ र गरिमा राई रहेका छन् ।
प्रतिक्रिया