प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित
नेपालखोज
२०७८ फागुन २९ गते १४:४१

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
उक्त बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ । आजको बैठकमा एमालेको अवरोधबीच सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए ।
त्यस्तै, बैठकमा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले राणाविरुद्ध यसअघि संसद सचिवालयमा दर्ता गराएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग पेस पनि गरेका छन् । गत फागनु १ गते २१ बुँदे आरोपसहित राणाविरुद्ध सत्ता गठबन्धनमा आवद्ध दलले महाअभियोग दर्ता गराएका थिए । प्रतिपक्ष दल नेकपा एमालेले भने आजको बैठकमा पनि अवरोध कायम राखेको थियो ।
सम्बन्धित

प्रतिक्रिया