चौबीस घण्टामा थपिए ६५ संक्रमित, १९२ जना डिस्चार्ज
नेपालखोज
२०७८ फागुन २९ गते १६:४२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थपए ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ र १ हजार ६४१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जना गरि कुल ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप १९२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६१ हजार ७० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ३ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप ८८ हजार ४८८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया